रसुवाका प्रभावित परिवारलाई नेपाल चेम्बर अफ कमर्सको राहत सहयोग – Sagarmathapana:: Online News Portal

रसुवाका प्रभावित परिवारलाई नेपाल चेम्बर अफ कमर्सको राहत सहयोग

   २०८३ भाद्र २७ गते  

काठमाडौं।नेपाल चेम्बर अफ कमर्सले रसुवाका प्रभावित तथा आवश्यकतामा रहेका परिवारका लागि राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ।चेम्बरले बिस्कुट, स्यानिटरी प्याड, ब्ल्याङ्केट, तन्ना, साना बालबालिकाका जुत्तालगायतका सामग्री संकलन गरी रसुवा पठाएको हो।

चेम्बरका कार्यसमिति सदस्य तथा आर्कस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठले ग्रुपका उत्पादनसहित चेम्बरमा संकलित राहत सामग्री लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन्।

श्रेष्ठका अनुसार स्थानीय संस्था तथा युवाको सहकार्यमा राहत सामग्री प्रभावित तथा आवश्यकतामा रहेका परिवारसम्म पुर्‍याउने व्यवस्था गरिएको छ। लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबमार्फत सामग्री वितरण तथा समन्वय हुने गरी राहत रसुवा पठाइएको हो।

“स्थानीय संस्था तथा युवाको सहकार्यमा सामग्री सम्बन्धित प्रभावित तथा आवश्यकतामा रहेका परिवारसम्म पुर्‍याउने व्यवस्थासहित लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबमार्फत वितरण तथा समन्वय हुने गरी उक्त राहत सामग्री रसुवा पठाइएको हो,” श्रेष्ठले भने।

त्रिशूली हुँदै रसुवा पठाइएको राहत सामग्री स्थानीय संस्था तथा स्वयंसेवकहरूको समन्वयमा आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पुर्‍याइने उनले बताए।प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर सहयोग पठाइएको श्रेष्ठको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै