एप्पलको iPhone 18 Pro सिरिज महँगियो, सुरुवाती मूल्य १,१९९ डलर
काठमाडौं।एप्पलले नयाँ iPhone 18 Pro र iPhone 18 Pro Max अमेरिकी बजारमा सार्वजनिक गर्दै अघिल्लो पुस्ताको तुलनामा मूल्य १०० अमेरिकी डलरले बढाएको छ।
![]()

नयाँ मूल्यअनुसार iPhone 18 Pro को सुरुवाती मूल्य १,१९९ डलर र iPhone 18 Pro Max को १,२९९ डलर पुगेको छ। एप्पलले मूल्यवृद्धिको प्रमुख कारणमध्ये मेमोरी तथा अन्य कम्पोनेन्टको बढ्दो लागतलाई उल्लेख गरेको छ।

![]()
![]()
मूल्य बढे पनि नयाँ प्रो सिरिजमा उल्लेखनीय हार्डवेयर सुधार गरिएको छ। दुवै मोडलमा नयाँ A20 Pro चिप प्रयोग गरिएको छ भने उच्च प्रदर्शन र एआई प्रशोधनलाई ध्यानमा राख्दै सुधारिएको भेपर चेम्बर कुलिङ सिस्टमसमेत राखिएको छ।
क्यामेरातर्फ ४८ मेगापिक्सेल Fusion Main Camera सँगै पहिलोपटक Variable Aperture प्रणाली ल्याइएको छ। यसले प्रकाशअनुसार अपर्चर समायोजन गरी कम प्रकाशमा तस्बिर तथा भिडियोको गुणस्तर सुधार्नुका साथै डेप्थ–अफ–फिल्ड नियन्त्रणमा सहयोग गर्ने बताइएको छ।

ब्याट्री क्षमतामा पनि सुधार गरिएको एप्पलको दाबी छ। iPhone 18 Pro Max ले सामान्य प्रयोगमा ३० घण्टा र भिडियो प्लेब्याकमा ४५ घण्टासम्म ब्याट्री धान्ने बताइएको छ। iPhone 18 Pro भने सामान्य प्रयोगमा २४ घण्टा र भिडियो प्लेब्याकमा ३६ घण्टासम्म चल्ने दाबी गरिएको छ।
नयाँ प्रो सिरिजमा २५६GB देखि २TBसम्म स्टोरेज विकल्प उपलब्ध छन्। मूल्य बढेसँगै नयाँ फिचर र लामो ब्याट्री लाइफका लागि थप १०० डलर खर्च गर्ने कि अघिल्लो पुस्ताकै मोडल रोज्ने भन्ने विषयमा उपभोक्ताबीच चासो बढेको छ।













