यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख रुपैयाँ सहयोग – Sagarmathapana:: Online News Portal

यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख रुपैयाँ सहयोग

   २०८३ भाद्र २५ गते  

काठमाडौं।यशोदा ग्रुपअन्तर्गत यशोदा फुड्स र श्रीराम टोबाकोले रसुवाको भोटेकोसी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग गरेका छन्।

ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। उक्त रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

त्यस्तै, रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ राहतस्वरूप वितरण गरिएको कम्पनीले जनाएको छ। थप सहयोग आवश्यक परे उपलब्ध गराउन आफूहरू तयार रहेको ग्रुपले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै