पाँच दिनमै बन्यो देवीघाटको एक्रो ब्रिज,आजदेखि पैदल आवतजावत खुला
काठमाडौं।रसुवाको भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले पाँच दिनमै एक्रो ब्रिज जडान सम्पन्न गरेको छ।
![]()

बुधबार राति पुल जडानको काम पूरा भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिएको छ। भोलिदेखि भने पुलबाट सवारीसाधनसमेत सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
![]()
![]()
छोटो समयमै वैकल्पिक पुल निर्माण भएपछि देवीघाट हुँदै आवतजावत गर्ने स्थानीय, व्यवसायी तथा यात्रुलाई सहजता भएको छ। गृहमन्त्री सुधन गुरुङले पनि सामाजिक सञ्जालमार्फत पुल निर्माण सम्पन्न भएको जानकारी दिँदै ‘Mission Completed Successfully’ उल्लेख गरेका छन्।













