स्टन्ट’ गरेको आरोपबारे गृहमन्त्री गुरुङको यस्तो स्पष्टीकरण – Sagarmathapana:: Online News Portal

स्टन्ट’ गरेको आरोपबारे गृहमन्त्री गुरुङको यस्तो स्पष्टीकरण

   २०८३ भाद्र २२ गते  

काठमाडौं।विपद्का बेला स्थलगत रूपमा नदेखिएको भन्दै आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले आफ्नो कार्यशैलीबारे स्पष्टीकरण दिएका छन्।

गृहमन्त्री गुरुङले पुरानो शैलीमा मन्त्रालयको कुर्सीमा बसेर कागजात हेरेर मात्रै नेतृत्व गर्ने सोच ‘गलत युग’को भएको बताएका छन्। उनले यसलाई ‘जेनेरेसन ग्याप’को संज्ञा दिएका छन्। 

उनका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ। अनलाइन माध्यमबाट प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठकहरू भइरहेको उनले बताएका छन्।

गुरुङले आफू कहाँ बसेको छु भन्ने विषयमा भन्दा विपद् प्रतिकार्यबाट प्राप्त परिणाममा ध्यान दिन आग्रह गरेका छन्। डिजिटल माध्यमको प्रयोगबाट प्रशासनिक तथा उद्धारका काम छिटो र प्रभावकारी रूपमा भइरहेको उनको दाबी छ।

उनले भनेका छन्, ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु।’

भोटेकोसी बाढीपछि उद्धार तथा राहत कार्यमा गृहमन्त्रीको प्रत्यक्ष उपस्थितिलाई लिएर सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा प्रश्न उठिरहेका बेला गुरुङको यस्तो धारणा सार्वजनिक भएको हो। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै