जिफानको १८औँ साधारणसभा तथा नवौँ राष्ट्रिय अधिवेशन सम्पन्न,अध्यक्षमा अर्जुन गुरुङ निर्वाचित
पोखरा।गुरुङ चलचित्रकर्मीहरूको छाता संगठन गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को अध्यक्षमा अर्जुन गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
![]()
शुक्रबार पोखरामा सम्पन्न जिफानको १८औँ साधारणसभा तथा नवौँ राष्ट्रिय अधिवेशनले राजबहादुर गुरुङ (राजेश) नेतृत्वको कार्यसमितिलाई बिदाइ गर्दै अर्जुन गुरुङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा कुविना गुरुङ, द्वितीय उपाध्यक्षमा टेकबहादुर गुरुङ, महिला उपाध्यक्षमा सपना गुरुङ, महासचिवमा गलबहादुर गुरुङ, कोषाध्यक्षमा इन्द्रमाया गुरुङ तथा सचिवमा गंगाबहादुर गुरुङ र रामप्रसाद गुरुङ निर्वाचित भएका छन्।


त्यस्तै, प्राविधिक विभाग प्रमुखमा भीमसेन गुरुङ, महिला विभाग प्रमुखमा अनुता गुरुङ, आर्थिक विभाग प्रमुखमा तारा गुरुङ, गीत–संगीत विभाग प्रमुखमा नवीनकुमार गुरुङ, भाषा–संस्कृति विभाग प्रमुखमा टार्जन गुरुङ र प्रचार–प्रसार विभाग प्रमुखमा रक्षा गुरुङ चयन भएका छन्।
कार्यसमिति सदस्यमा निकोलस गुरुङ, सन्देश गुरुङ, गणेशमान घले, कविता गुरुङ, धनमाया गुरुङ, अन्जु गुरुङ, सुस्मी गुरुङ, मनोज गुरुङ, सुजित गुरुङ, प्रतिमा गुरुङ र कृष्टी गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्।


निर्वाचन मण्डलकी संयोजक अधिवक्ता जुना कुमारी गुरुङका अनुसार प्रथम उपाध्यक्ष पदमा भने कुविना गुरुङ र खेम गुरुङबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा खेम गुरुङलाई पछि पार्दै कुविना गुरुङ निर्वाचित भएकी हुन्। अन्य पदाधिकारी, विभाग प्रमुख तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भएका हुन्।
निर्माता–निर्देशक विभाग प्रमुख, संघ–संस्था विभाग प्रमुख र बजार विभाग प्रमुख पदमा भने पछि सदस्यहरूमध्येबाट मनोनयन गरिने निर्वाचन मण्डलले जनाएको छ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलकी संयोजक अधिवक्ता जुना कुमारी गुरुङले पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। त्यस अवसरमा अध्यक्ष अर्जुन गुरुङले जिफानलाई थप व्यवस्थित र उदाहरणीय संस्था बनाउँदै अघि बढ्न आफूले तन, मन र दिलोज्यान दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
जिफानका अध्यक्ष राजबहादुर गुरुङ (राजेश)को अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनको उद्घाटन जिफानका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशका पूर्वमन्त्री बेदबहादुर गुरुङले गरेका थिए। साधारणसभामा महासचिव तोलबहादुर गुरुङ ‘लब्सन’ले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष इन्द्रमाया गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
निर्वाचन सम्पन्न गर्न कानुनी सल्लाहकार अधिवक्ता जुना कुमारी गुरुङको संयोजकत्वमा संस्थागत सल्लाहकार तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, पूर्वअध्यक्ष सल्लाहकार भोजबहादुर गुरुङ र सल्लाहकार कृष्णकुमार गुरुङ सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो।












