राहत सामग्री बोकेर नेपाल आए सोनु सुद, बाढीपीडितलाई सहयोग गर्ने प्रतिबद्धता – Sagarmathapana:: Online News Portal

राहत सामग्री बोकेर नेपाल आए सोनु सुद, बाढीपीडितलाई सहयोग गर्ने प्रतिबद्धता

   २०८३ भाद्र १६ गते  

काठमाडौं।बलिउड अभिनेता तथा समाजसेवी सोनु सुद बाढीपीडित नेपाली नागरिकका लागि राहत सामग्रीसहित नेपाल आएका छन्। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।

नेपालमा बाढीका कारण ठूलो जनधनको क्षति भएको खबर सार्वजनिक भएपछि सोनु सुदले सामाजिक सञ्जालमार्फत नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाएका थिए। उनले ‘नेपाल, तिमी एक्लो छैनौ’ भन्दै विपत्तिमा परेका नागरिकलाई खाना, आश्रय तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्दै उनी अहिले राहत सामग्री लिएर नेपाल आएका हुन्। बाढीपीडितको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले उनको नेपाल आगमन भएको बताइएको छ।

विपत्तिमा परेका नेपालीको सहयोगका लागि आफैं नेपाल आएर राहत अभियानमा जोडिनु सोनु सुदको मानवीय पहलका रूपमा लिइएको छ। देश फरक भए पनि दुःख र पीडाको अनुभूति साझा हुने सन्देश दिँदै उनको यो कदमले संकटका बेला मानवीय सहयोगको सीमाना हुँदैन भन्ने उदाहरण प्रस्तुत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै