पार्वती’ फिल्म टिमले बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ११ लाख बढी सहयोग – Sagarmathapana:: Online News Portal

पार्वती’ फिल्म टिमले बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ११ लाख बढी सहयोग

   २०८३ भाद्र १६ गते  

काठमाडौं।रसुवाको भोटेकोशीमा गत मंगलबार आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि चलचित्र ‘पार्वती’को टिमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।


अर्थ मन्त्रालयमा पुगेर चलचित्रका निर्देशक नीता ढुंगाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा पत्रकार प्रकाश सुवेदीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।


शुक्रबार देशभर प्रदर्शनरत ‘पार्वती’ले घरेलु बक्सअफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कारोबार गरेको थियो। सोमध्ये निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ बाढीपीडितको राहतका लागि सरकारी कोषमा प्रदान गरिएको हो।

निर्देशक नीता ढुंगानाले विपद्को यस कठिन समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले आफ्नो भागमा आउने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताइन्।

उनले भनिन्, “निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरेका छौँ। यो रकमले बाढीपीडितका लागि थोरै भए पनि राहत मिल्न सक्छ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ भने क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै