बाढी प्रभावित क्षेत्रमा पुगे जेनजी विकेश साह
काठमाडौं।कमन जेनजी नेपालका अध्यक्ष विकेश साह सहितका जेनजी युवाहरु वाढी प्रभावित क्षेत्रमा पुगेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो मात्रामा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा उनीहरु सक्रिय भएका छन् ।
नुवाकोटको विदुर, देवीघाट बजार लगायतका क्षेत्रमा पुगेका जेनजी युवाहरुले पीडित परिवारसंग प्रत्यक्ष भेटघाट, कुराकानी गर्नुका साथै स्थानीयको अवस्था बुझने, आवश्यक सहयोगको पहिचान गर्ने, उद्धारमा खटिएका सुरक्षाकर्मी टोलीहरुसंग समन्वय गर्नेकाममा सक्रिय भएका छन् ।

‘हामी जेनजी युवाहरु नुवाकोटको विदुर, देवीघाट बजारमा पुग्यौं । अन्य प्रभावित क्षेत्रमा पनि पुग्ने प्रयास गर्दैछौं । त्यहाँ उद्धारमा खटिनुभएका टोली तथा स्थानीयवासीहरूसँग प्रत्यक्ष रूपमा कुराकानी ग¥यौँ । उहाँहरूका अनुसार अहिले अवस्था नियन्त्रणमा रहेको छ, तर जोखिम भने अझै टरेको छैन । त्यसैले आगामी दिनमा पनि उच्च सतर्कता अपनाउन आवश्यक छ,’ कमन जेनजीका अध्यक्ष साहले भने ।
प्रभावित क्षेत्रमा पुगेर स्थानीयहरूको अवस्था बुझ्ने, आवश्यक सहयोग पहिचान गर्ने र उद्धारमा खटिएका टोलीहरूसँग समन्वय गर्दै पीडित परिवारका साथमा जेनजी युवाहरु रहेको उनले बताए । हजारौं घरपरिवार विहीन भएको, सयौंको संख्यामा मान्छेको मृत्यु हुनुका साथै मान्छेहरु वेपता भएको बताउदै उनले कतिपयको अझै उद्धारको पर्खाइमा रहेको बताए । आउँने दिनमा महामारीको समेत समस्या देखिएकाले सरकार सहित सबैको ध्यान त्यसतर्फ जान आवश्यक रहेको उनले बताए ।

कमन जेनजीका अध्यक्ष साह सहित उपाध्यक्ष उज्जवल शर्मा, महासचिव रोनिश साह, जेनजी युवाहरु विनोद केसी, सुवास ठाकुर, दिपेन्द्र सिंह कुँवर, साहिल शाह लगायतका युवाहरु नुवाकोटको प्रभावित क्षेत्रमा पुगेका हुन् ।












