गृह मन्त्रालयको सचिवमा केदारनाथ शर्मा, राजकुमार श्रेष्ठ अवकाशमा जाँदै – Sagarmathapana:: Online News Portal

गृह मन्त्रालयको सचिवमा केदारनाथ शर्मा, राजकुमार श्रेष्ठ अवकाशमा जाँदै

   २०८३ भाद्र १२ गते  

काठमाडौं।सरकारले गृह मन्त्रालयको सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव शर्मालाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयसँगै शर्माले गृह मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्।

हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ आगामी भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिएको हो।

शर्माले यसअघि रक्षा मन्त्रालयको सचिवका रूपमा काम गर्दै आएका थिए। श्रेष्ठको अवकाशपछि गृह प्रशासनको नेतृत्व सम्हाल्ने गरी शर्मालाई जिम्मेवारी दिइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै