नयाँ नामी बक्स नाडा अटो शोमा सार्वजनिक हुँदै – Sagarmathapana:: Online News Portal

नयाँ नामी बक्स नाडा अटो शोमा सार्वजनिक हुँदै

   २०८३ भाद्र ८ गते  


काठमाडौं।विद्युतीय सवारी निर्माता नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरेको छ।

सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्स आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन तथा आधुनिक सुविधाका कारण नेपाली बजारमा लोकप्रिय बनेको थियो। हालसम्म नेपालका सडकमा २ हजारभन्दा बढी नामी सवारी सञ्चालनमा आइसकेका छन्।

नामी भिगोइ२ को सफल सार्वजनिकरणपछि कम्पनीले नयाँ नामी बक्समार्फत आफ्ना ग्राहकलाई थप परिष्कृत सुविधा र आकर्षक डिजाइनसहितको विद्युतीय सवारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नयाँ नामी बक्सका सम्पूर्ण फिचर्स, प्राविधिक स्पेसिफिकेसन तथा मूल्य नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै