बुद्धमलमा हेलो सर्भिस नेपालको नयाँ शाखा, देशभर सेवा विस्तार गर्ने लक्ष्य – Sagarmathapana:: Online News Portal

बुद्धमलमा हेलो सर्भिस नेपालको नयाँ शाखा, देशभर सेवा विस्तार गर्ने लक्ष्य

   २०८३ भाद्र २ गते  

काठमाडौं।राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी हेलो सर्भिस नेपालले काठमाडौंको माछापोखरीस्थित बुद्धमलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

छिटो, भरपर्दो तथा विश्वसनीय लजिस्टिक्स सेवा प्रदान गर्दै आएको हेलो सर्भिस नेपालले आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ। शाखाको उद्घाटन लोकप्रिय गायिका तथा ‘रमणी बाई एलेना’की अध्यक्ष एलेना चौहानको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रमको अध्यक्षता राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष विशाल हुमागाईंले गर्नुभएको थियो।


उद्घाटन कार्यक्रममा हेलो सर्भिस नेपालका अध्यक्ष मोहनप्रसाद तिमिल्सिना, श्रीमती देवकी सापकोटा, बसन्त खत्री, अञ्जन भट्टराई, रविन्द्रकुमार पजियार, पवनकुमार सिंह तथा प्रतीक अधिकारीलगायतको उपस्थिति थियो। कार्यक्रममा याप कलाकार निर्पय श्रेष्ठ, सामाजिक सञ्जाल प्रभावकर्ता सम्राट अधिकारी, विष्णु बराल, सुदीप सापकोटा, नेपाल मेला महोत्सव संघका पूर्वअध्यक्ष सन्दीप महत, रामकृष्ण महर्जन, लक्ष्मण महर्जन र शेखर वाग्लेलगायतको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा हेलो सर्भिस नेपालसँग आबद्ध विभिन्न विक्रेताहरूले कम्पनीमार्फत प्राप्त लजिस्टिक्स सेवाको अनुभव साझा गरेका थिए। उनीहरूले सेवा छिटो, भरपर्दो र प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि हेलो सर्भिस नेपालसँग सहकार्यलाई निरन्तरता दिने बताएका थिए।

हेलो सर्भिस नेपालका प्रतिनिधिका अनुसार कम्पनीले ग्राहकलाई गुणस्तरीय, छिटो र विश्वसनीय लजिस्टिक्स सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको छ। आगामी दिनमा च्युरोडलगायतका स्थानमा समेत नयाँ शाखा सञ्चालन गर्ने योजना रहेको कार्यक्रममा जानकारी दिइयो।

हेलो सर्भिस नेपालको प्रधान कार्यालय सातदोबाटोमा रहेको छ भने कम्पनीको वेयरहाउस कलंकीमा रहेको छ। साथै एनबीटीसी कलंकीबाट समेत शाखामार्फत सेवा प्रदान हुँदै आएको कम्पनीले जनाएको छ।

माछापोखरीस्थित बुद्धमलमा नयाँ शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका ग्राहक तथा व्यवसायीलाई लजिस्टिक्स सेवा अझ सहज र पहुँचयोग्य हुने कम्पनीको विश्वास छ। व्यक्ति, व्यवसाय तथा विभिन्न संस्थालाई सुरक्षित, छिटो, भरपर्दो र विश्वसनीय लजिस्टिक्स सेवा उपलब्ध गराउँदै सेवा सञ्जाललाई क्रमशः विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ।

कार्यक्रमको समापन राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष विशाल हुमागाईंले गर्नुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै