एसएसपी काफ्लेको ट्राफिक प्रहरीलाई कडा निर्देशन,लापरवाहीमा छुट नदिने चेतावनी
![]()
काठमाडौं।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले उपत्यकाभित्र कार्यरत सम्पूर्ण ट्राफिक प्रहरीलाई अनुशासन, जिम्मेवारीबोध र नागरिकमैत्री व्यवहारसहित कर्तव्य निर्वाह गर्न कडा निर्देशन दिएका छन्।
उनले ट्राफिक नियम उल्लंघन गर्ने जोसुकैलाई पनि कानूनबमोजिम कारबाही गर्न र कसैलाई नाजायज छुट वा सहुलियत नदिन निर्देशन दिएका हुन्।




एसएसपी काफ्लेले ट्राफिक प्रहरीबाट हुने लापरवाही, अनुशासनहीनता तथा आर्थिक प्रलोभन र भ्रष्टाचारजन्य गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारे। त्यस्ता गतिविधिमा संलग्न भएको पाइए कडा विभागीय कारबाही गरिने चेतावनीसमेत उनले दिएका छन्।
उनले ट्राफिक प्रहरीको व्यवहार र कार्यसम्पादनले प्रहरी संगठनप्रति नागरिकको धारणा प्रभावित हुने भएकाले उच्च नैतिकता र जिम्मेवारीका साथ सेवा प्रवाह गर्न आग्रह गरेका छन्।















