नयाँ टाटा पञ्च ईभी नेपालमा सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार
काठमाडौं।टाटा मोटर्सले नेपालका लागि नयाँ पुस्ताको विद्युतीय एसयूभी टाटा पञ्च ईभी (Punch.ev) सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङमार्फत नेपाल भित्रिएको पञ्च ईभीलाई काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हो।

![]()
नयाँ पञ्च ईभीमा डिजाइनसँगै ब्याट्री क्षमता, चार्जिङ, प्रविधि र सुरक्षाका पक्षमा सुधार गरिएको कम्पनीले जनाएको छ। यसमा ३० किलोवाट–घण्टा र ४० किलोवाट–घण्टा ब्याट्री विकल्प उपलब्ध छन्। भेरियन्टअनुसार यसले एकपटकको चार्जमा करिब २७५ देखि ३५५ किलोमिटरसम्म यात्रा गर्न सक्ने जनाइएको छ।


नेपालमा पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।यस्तै, एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकका लागि ३२ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा उपलब्ध गराइएको थियो।
।
पञ्च ईभीमा शक्तिशाली इलेक्ट्रिक मोटरसहित तीनवटा ड्राइभिङ मोड र चार तहको रिजेनेरेटिभ ब्रेकिङ प्रणाली राखिएको छ। यसमा वायरलेस चार्जर, भेन्टिलेटेड सिट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल तथा एयर प्युरिफायरजस्ता सुविधा पनि समावेश छन्।



सुरक्षातर्फ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, आइसोफिक्स चाइल्ड सिट माउन्ट तथा ३६० डिग्री क्यामेरालगायतका सुविधा उपलब्ध छन्।
विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला टाटाले नयाँ पञ्च ईभी सार्वजनिक गरेको हो। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विभिन्न ब्रान्डका नयाँ विद्युतीय तथा अन्य सवारीसाधन प्रदर्शनमा राखिएका थियो।

।












