ऊर्जा मन्त्री श्रेष्ठले पाए सल्लाहकार समूहमा तीन नयाँ सदस्य
काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्। मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै चार सदस्यीय सल्लाहकार समूह बनेको हो।
मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्र सल्लाहकार नियुक्त गरेका छन्। कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष हुन्।


यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकार नियुक्त गरिसकेका थिए। नयाँ नियुक्तिसँगै मन्त्रीको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन्।
सल्लाहकारहरूले सम्बन्धित क्षेत्रको नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा मन्त्रीलाई आवश्यक सुझाव र परामर्श दिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चारै जना सल्लाहकारले अवैतनिक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नेछन्।












