जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउपछि कार्यालयमा प्रहरीको छापा – Sagarmathapana:: Online News Portal

जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउपछि कार्यालयमा प्रहरीको छापा

   २०८३ श्रावण २८ गते  

काठमाडौं।जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले पत्रिकाको कार्यालयमा समेत छापा मारेको छ। बिहीबार बिहान प्रहरीको टोली जनआस्था साप्ताहिकको कार्यालयमा पुगेको हो।

कार्यालयका कर्मचारीका अनुसार प्रहरीले श्रेष्ठको कार्यकक्षसँगै समाचारकक्षमा समेत प्रवेश गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

यसअघि बुधबार राति प्रहरीले श्रेष्ठलाई ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि राति करिब १ बजेतिर पुनः प्रहरी टोली उनको घरमा पुगेर थप खोजतलास गरेको बताइएको छ।

श्रेष्ठ पक्राउ परेपछि नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरू मध्यरातमै प्रहरी कार्यालय पुगेका थिए। उनीहरूले श्रेष्ठको तत्काल रिहाइको माग गर्दै विरोध जनाएका थिए।

पक्राउको भोलिपल्टै पत्रिका कार्यालयमा समेत प्रहरी पुगेपछि घटनाले सञ्चार क्षेत्र र पत्रकार वृत्तमा थप चासो बढाएको छ। घटनाबारे प्रहरी र सम्बन्धित निकायबाट थप आधिकारिक विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै