विपद्का घटनामा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु – Sagarmathapana:: Online News Portal

विपद्का घटनामा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु

   २०८१ आश्विन १२ गते  

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार वर्षाजन्य विपद्का घटनामा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो ।

वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार वर्षाजन्य विपद्  बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए।

बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए। यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै