मूलधारका सञ्चारमाध्यममा आदिवासी मुद्दाबारे मिडिया संवाद – Sagarmathapana:: Online News Portal

मूलधारका सञ्चारमाध्यममा आदिवासी मुद्दाबारे मिडिया संवाद

   २०८३ श्रावण २१ गते  



काठमाडौं।तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ अन्तर्गत “Mainstream Media मा Indigenous Issues” विषयमा मिडिया संवाद आयोजना हुँदैछ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठ, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, वरिष्ठ सम्पादक उमेश चौहान र एआईपीपीका नेपाल प्रतिनिधि जगत बरामले आदिवासी मुद्दाको मूलधार सञ्चारमाध्यममा हुने प्रतिनिधित्व, चुनौती र अवसरबारे धारणा राख्नेछन्।


कार्यक्रमको सहजीकरण पत्रकार खिम घलेले गर्नेछन्। सम्मेलन आदिवासी तथा मातृभाषा पत्रकारिताको प्रवर्द्धन र समावेशी सञ्चारको बहसलाई सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको हो।

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ राष्ट्रिय सभागृहमा २५,२६,२७ गते सम्पन्न हुदैछ।



फेसबुकबाट तपाईको प्रतिक्रिया सबै