एआईबाट बनेका सामग्रीमा अनिवार्य लेबल, ईयूको नयाँ नियम लागू – Sagarmathapana:: Online News Portal

एआईबाट बनेका सामग्रीमा अनिवार्य लेबल, ईयूको नयाँ नियम लागू

   २०८३ श्रावण २१ गते  

काठमाडौं।युरोपेली सङ्घ (ईयू) ले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार गरिएका तस्बिर, भिडियो, अडियो र टेक्स्टमा अनिवार्य रूपमा लेबल लगाउनुपर्ने नयाँ नियम लागू गरेको छ। आइतबारदेखि लागू भएको व्यवस्थाअनुसार एआईबाट सिर्जना गरिएको सामग्री स्पष्ट रूपमा चिनिने गरी उल्लेख गर्नुपर्नेछ।



नयाँ नियमले कम्पनीहरूलाई प्रयोगकर्ताले एआई च्याटबटसँग संवाद गरिरहेको वा एआईद्वारा सिर्जना गरिएको सामग्री हेरिरहेको जानकारी दिन अनिवार्य गरेको छ। साथै, यस्ता सामग्रीमा डिजिटल वाटरमार्क पनि समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।


नियम उल्लङ्घन गर्ने कम्पनीलाई अधिकतम १ करोड ५० लाख युरो वा वार्षिक विश्वव्यापी कारोबारको ३ प्रतिशतसम्म जरिबाना हुन सक्नेछ।

ईयूका अनुसार यो व्यवस्था फेक कन्टेन्ट र डिपफेकको दुरुपयोग रोक्दै अनलाइन पारदर्शिता तथा लोकतन्त्रको संरक्षण गर्न लागू गरिएको हो।



फेसबुकबाट तपाईको प्रतिक्रिया सबै