हिंसात्मक घटना बढेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहसँग लिए जानकारी – Sagarmathapana:: Online News Portal

हिंसात्मक घटना बढेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहसँग लिए जानकारी

   २०८३ श्रावण १५ गते  

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका विभिन्न भागमा पछिल्लो समय भएका घटनाबारे प्रधानमन्त्री वालेन्द्र शाहसँग जानकारी लिएका छन्।

देशका विभिन्न क्षेत्रमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले बिहीबार प्रधानमन्त्री शाहलाई शीतलनिवास बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे चासो व्यक्त गरेका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा राष्ट्रपति पौडेलले मुलुकको समग्र परिस्थितिबारे जानकारी लिएका थिए।

भेटका क्रममा प्रधानमन्त्री शाहले देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक वर्तमान परिस्थितिलाई साम्य पार्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। साथै, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न आवश्यक पहल गर्न उनले आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै