क्यानडाको ब्राम्पटनमा आज ‘तेस्रो नेपाल फेस्टिभल–२०२६’ हुँदै
काठमाडौं।क्यानडाको ब्राम्पटनमा आज ‘तेस्रो नेपाल फेस्टिभल–२०२६’ आयोजना हुँदैछ। लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको आयोजनामा हुने महोत्सवमार्फत नेपाली कला, संस्कृति, संगीत, परिकार तथा हस्तकलाको प्रवर्द्धन गरिने भएको छ।
![]()
सुपर वर्ल्ड कम्प्लेक्समा दिउँसो १ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने महोत्सवमा लोकगायक खेम सेन्चुरीसहित दर्जनभन्दा बढी कलाकारले सांगीतिक प्रस्तुति दिनेछन्।

![]()
महोत्सवमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, मधेसीलगायत विभिन्न नेपाली समुदायका सांस्कृतिक झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
नेपाली कला, संस्कृति र मौलिक परम्परालाई प्रवासमा समेत संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार महोत्सवमा प्रवेश तथा पार्किङ निःशुल्क रहनेछ।














