नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउने – Sagarmathapana:: Online News Portal

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउने

   २०८३ श्रावण ९ गते  

काठमाडौं।निर्माण सुरु भएको करिब ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउने भएको छ। सुरुङमार्ग चौबीसै घण्टा खुला राख्ने तयारी गरिएको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा आपत्कालीन सवारीसाधनका लागि सुरुङ खुला गरिनेछ। सुरुवाती चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षाकर्मीका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइनेछ।

त्यसपछि अन्य सवारीसाधनलाई पनि चरणबद्ध रूपमा सुरुङमार्ग सञ्चालनमा ल्याइने आयोजनाले जनाएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डमा हुने सवारी चाप र यात्रा समय घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै