महाराजगन्जमा अनियन्त्रित ईभी माइक्रोबसले आठ सवारीसाधनमा ठक्कर दिँदा चालकको मृत्यु – Sagarmathapana:: Online News Portal

महाराजगन्जमा अनियन्त्रित ईभी माइक्रोबसले आठ सवारीसाधनमा ठक्कर दिँदा चालकको मृत्यु

   २०८३ श्रावण ९ गते  

काठमाडौं।काठमाडौंको महाराजगन्जमा अनियन्त्रित ईभी माइक्रोबसले आठ वटा सवारीसाधनमा ठक्कर दिँदा माइक्रोबस चालकको मृत्यु भएको छ भने चार जना सामान्य घाइते भएका छन्।

मृत्यु हुनेमा ५७ वर्षीय रामकृष्ण अवाल रहेका छन्। लमजुङ स्थायी घर भएका अवाल काठमाडौंको कपनमा बस्दै आएका थिए। दुर्घटनापछि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनियन्त्रित रूपमा आएको माइक्रोबसले दुई वटा मोटरसाइकल, दुई वटा ट्याक्सी, नेपाल विद्युत् प्राधिकरणको एउटा गाडी, एक स्कुटर, एक डेलिभरी भ्यान र एक बसमा ठक्कर दिएको थियो।

दुर्घटनामा चार जना सामान्य घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै