स्वास्थ्य बीमा बोर्डले गर्यो २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
काठमाडौं।स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षदेखि २०८२ पुससम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
बोर्डका अनुसार २०८२ असोज, कात्तिक र मंसिरसम्म प्राप्त तथा स्वीकृत भएका दाबीहरूको भुक्तानी यसअघि नै सम्पन्न भइसकेको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनामा स्वीकृत दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको छ।
यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अघि बढाउँदै आएको जनाएको छ।












