SouthChinaSeaविवाद चीन–आसियान सम्बन्धमा अवरोध बन्न नहुने चिनियाँ विदेशमन्त्री वाङ यीको भनाइ
काठमाडौं।चिनियाँ विदेशमन्त्री वाङ यीले South China Sea क्षेत्रीय मुलुकहरूको साझा घर भएकाले यससँग सम्बन्धित विवाद चीन–आसियान सम्बन्धमा अवरोध बन्न नहुने बताएका छन्।
फिलिपिन्सको मनिलामा मंगलबार आसियानका महासचिव काओ किम हर्नसँगको भेटवार्ताका क्रममा वाङले South China Seaका विषय क्षेत्रीय देशहरूको हातमै रहनुपर्नेमा जोड दिए। चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोका सदस्यसमेत रहेका वाङले दक्षिण चीन सागरमा शान्ति, स्थिरता, सहकार्य र मैत्रीपूर्ण वातावरण निर्माण गर्न चीन आसियानसँग मिलेर काम गर्न तयार रहेको बताए।
उनले फिलिपिन्सको सैन्य तथा समुद्री कानून कार्यान्वयन निकायभित्रका केही शक्तिले बाह्य शक्तिको स्वार्थ पूरा गर्न South China Seaमा जानाजानी घटना निम्त्याउने गरेको आरोप लगाए। यस्ता गतिविधिले चीन–फिलिपिन्स सम्बन्ध सुधारको प्रक्रियासँगै दक्षिण चीन सागरको शान्ति र स्थिरतामा समेत असर पार्ने भन्दै उनले क्षेत्रीय मुलुकहरूलाई यस्ता गतिविधिप्रति सतर्क रहन आग्रह गरे।
वाङले South China Seaसम्बन्धी आचारसंहिता (Code of Conduct) माथिको वार्तालाई तीव्रता दिँदै विवाद समाधानका लागि क्षेत्रीय देशहरूले संयुक्त रूपमा पहल गर्नुपर्ने बताए। उनले दक्षिण चीन सागरलाई शान्ति, स्थिरता, सहकार्य र मित्रताको क्षेत्रका रूपमा विकास गर्न चीन प्रतिबद्ध रहेको स्पष्ट पारे।












