इनिशा विक प्रकरणमा नयाँ मोड : फरेन्सिकले तीन किशोरको डीएनए नमिलेको देखायो,सर्वोच्चमा रिहाइको माग
काठमाडौं।सुर्खेतकी १६ व’र्षीया इनिशा वि’कको ब लात्का र र ह त्या अभि’योगमा तीन महिनादेखि बा ल सु’धार गृहमा थुनि’एका चार जना’मध्ये तीन ज’ना नि’र्दोष देखिएका छन्। इनिशासँगको शा’रीरिक स’म्पर्कमा उनका प्रे’मी भनिएका युवक मात्र संलग्न रहेको फरेन्सिक विवरणले देखाएको छ।
कक्षा ११ मा अध्ययनरत इनिशा विक २०८२ फागुन २३ गते बिहान ट्युसन पढ्न र विद्यालय जान भनी घरबाट निस्किएकी थिइन्। तर, पछि उनी वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन’मा रक्ता’म्मे र अ’चेत अव’स्थामा फे’ला परिन्। उनलाई तत्काल अस्प’ताल पुर्याइ’ए पनि चिकि’त्सकले मृ त घोष’णा गरेका थिए।
पी’डित परिवा’रले सा’मूहिक ब ला’त्कारपछि ह त्या गरिएको भन्दै जाहेरी दिएपछि प्रहरीले चार जना नाबा लिग कि’शोरहरूलाई निय’न्त्रणमा लिएको थियो। यस प्रक’रणमा नियन्त्रणमा रहेका प्रेमी भनिएका युवकले आफूहरू विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको र घटनाको दिन पनि सह’मतिमै शा’रीरिक स’म्बन्ध भएको बयान दिएका थिए। यद्यपि, जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले चैत १५ गते चारै कि’शोरविरुद्ध सामूहिक बला त्कार र क र्तव्य ज्या नको मु द्दा दायर गरी उनीहरूलाई बा ल सु’धार गृ’हमा पठाएको थियो।
अनुसन्धानका क्रममा इनिशाको श’रीर, कप’डा र प’क्राउ परेका कि’शोरहरूको श’रीर तथा कप’डाबाट संकलन गरिएका नमुनाहरू परीक्षणका लागि काठमाडौंस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। फ’रेन्सिक ल्याब रिपोर्टमा अन्य तीन कि’शोरको डीए’नए इनि’शाको श’रीर, कप’डा वा घट’नास्थलबाट संकलित कुनै पनि नमुनासँग नमिलेको उल्लेख छ।
प्रहरीले सुरुदेखि नै मुख्य अ’भियुक्त प्रे’मीलाई बला’त्कार र ह त्यामा तथा अन्य तीन जनालाई घट’नास्थल पुगे पनि पी’डितलाई बचा’उन भूमिका नखेलेको आधारमा मात्रै कार’बाही गर्न सिफारिस गरेको थियो। तर, सरकारी वकिल कार्यालयले भने चारै जनाविरुद्ध सामूहिक बला’त्का’रकै मु’द्दा चलाएको थियो।
यो नयाँ फरेन्सिक रिपोर्ट आएपछि तीन कि’शोरका व’किलले उनीहरू निर्दोष रहेको पुष्टि भएको दाबी गरेका छन्। अहिले ती तीन कि’शोरले आफू’हरूलाई साधारण तारेखमा रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
तर, यो फरे’न्सिक रि’पोर्ट नै अदा’लतको अन्तिम फैस’ला भने होइन। शा’रीरिक सम्पर्क सह’मतिमा भएको हो वा जब’र्जस्ती भन्ने विषय र अन्य कानुनी प्रश्नहरूको अन्तिम निर्णय अदालतले नै गर्नेछ। यता पी’डित परिवार भने अझै पनि न्या’यको प’र्खाइमा छ।












