काठमाडौँ चक्रपथमा बहुसवारी दुर्घटना,पाँच सवारीसाधन क्षतिग्रस्त – Sagarmathapana:: Online News Portal

काठमाडौँ चक्रपथमा बहुसवारी दुर्घटना,पाँच सवारीसाधन क्षतिग्रस्त

   २०८३ श्रावण १ गते  

काठमाडौं।काठमाडौँको चक्रपथमा शुक्रबार बहुसवारी दुर्घटना भएको छ। दुर्घटनामा तीन वटा मोटरसाइकल, एक ट्याक्सी र एक निजी कार संलग्न रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रत्यक्षदर्शीका अनुसार सवारीसाधनहरू एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। घटनापछि केही समय उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। दुर्घटनामा मानवीय क्षति वा घाइतेको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै