काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अष्ट्रेलियासँग सहकार्यको पहल – Sagarmathapana:: Online News Portal

काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अष्ट्रेलियासँग सहकार्यको पहल

   २०८३ असार ३२ गते  

काठमाडौं।काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा आयोजना गर्ने काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई रचनात्मक उद्योग र पर्यटन प्रवर्द्धनसँग जोड्ने तयारी गरेको छ।

यसै सन्दर्भमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा डंगोलले फिल्म फेस्टिभललाई काठमाडौँको सांस्कृतिक पहिचान, पर्यटन प्रवर्द्धन र सिर्जनात्मक उद्योग विकासको साझा मञ्चका रूपमा अघि बढाइने बताइन्।


उनले चलचित्र महानगरपालिकाको प्रत्यक्ष कार्यक्षेत्र नभए पनि समुदायलाई जोड्ने प्रभावकारी माध्यम भएकाले फेस्टिभल आयोजना गर्न लागिएको स्पष्ट पारिन्। साथै, फेस्टिभलमा अष्ट्रेलियाका कलाकार, चलचित्र निर्माता, निर्देशक तथा प्राविधिकको सहभागिता गराउने विषयमा पनि छलफल भएको जानकारी दिइन्।

भेटका क्रममा नेपालमा चलचित्र क्षेत्रका जनशक्तिको क्षमता अभिवृद्धि, शैक्षिक संस्थामा चलचित्र शिक्षा तथा सचेतना, अध्ययन–अनुसन्धान र चलचित्रमार्फत रचनात्मक उद्योग विस्तार गरी स्थानीय आर्थिक विकासमा सहकार्यका सम्भावनाबारे पनि कुराकानी भएको महानगरपालिकाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै