चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित BAIC अब नेपालमा, लक्ष्मी ग्रुपले गर्दै औपचारिक सार्वजनिक
काठमाडौं।चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा परिचित विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड BAIC (Beijing Automotive Group) अब लक्ष्मी ग्रुपमार्फत नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। यससँगै नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अन्तर्राष्ट्रिय ब्रान्ड थपिने भएको हो।
आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा बलियो प्रदर्शनका लागि परिचित BAIC ले चीनसहित विश्वका विभिन्न अन्तर्राष्ट्रिय बजारमा आफ्नो सशक्त उपस्थिति बनाइसकेको छ। नेपालमा यसको आगमनसँगै ग्राहकले अत्याधुनिक प्रविधि, उच्च गुणस्तर र विश्वस्तरीय सुरक्षा सुविधायुक्त सवारीसाधनको अनुभव गर्न पाउने अपेक्षा गरिएको छ।


लक्ष्मी ग्रुपले BAIC ब्रान्डलाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। प्रारम्भिक चरणमा कम्पनीले एसयूभी सेग्मेन्टका मोडलहरू नेपाली बजारमा ल्याउने तयारी गरेको जनाइएको छ।
नेपालमा विद्युतीय तथा हाइब्रिड सवारीसाधनप्रति बढ्दो आकर्षणका बीच BAIC को प्रवेशले बजारमा प्रतिस्पर्धा थप बढ्ने र उपभोक्ताले थप विकल्प पाउने विश्वास गरिएको छ। साथै, बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको सहज उपलब्धतामा पनि लक्ष्मी ग्रुपले विशेष ध्यान दिने अपेक्षा गरिएको छ।













