विश्वकर्मा समाज नेपाल यूएई–अबुधाबीको नयाँ नेतृत्व सर्वसम्मत, पाँचौँ अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन – Sagarmathapana:: Online News Portal

विश्वकर्मा समाज नेपाल यूएई–अबुधाबीको नयाँ नेतृत्व सर्वसम्मत, पाँचौँ अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन

   २०८३ असार २७ गते  

काठमाडौं।विश्वकर्मा समाज नेपाल यूएईको क्षेत्रीय समिति अबुधाबीको पाँचौँ अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

समाजले जारी गरेको शुभकामना सन्देशमार्फत नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो। सन्देशमा विश्वकर्मा समुदायलाई आफ्नो कला, सीप र संस्कृतिको संरक्षण गर्दै समतामूलक समाज तथा राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ।

विश्वकर्मा समाज नेपाल यूएई परिवारले नवगठित नेतृत्वको कार्यकालमा अबुधाबी क्षेत्रीय समितिले अझ सशक्त, एकताबद्ध र प्रभावकारी रूपमा सामाजिक गतिविधि सञ्चालन गर्दै समुदायको हितमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

समाजले नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना दिँदै समुदायको एकता, सामाजिक सद्भाव र संस्थागत विकासलाई थप मजबुत बनाउन आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै