सामुदायिक वन अधिकार प्रवर्द्धनमा साझेदार संस्थाको समीक्षा,आगामी रणनीतिमा जोड – Sagarmathapana:: Online News Portal

सामुदायिक वन अधिकार प्रवर्द्धनमा साझेदार संस्थाको समीक्षा,आगामी रणनीतिमा जोड

   २०८३ असार २७ गते  

काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले सामुदायिक वन अधिकार प्रवर्द्धनसम्बन्धी परियोजनाको प्रगति समीक्षा तथा आगामी कार्यदिशाबारे छलफल गर्न परियोजनाको समापन समीक्षा बैठक आयोजना गरेको छ।

बैठकमा फेकोफन, जीएफएन (GFN) र सिप्रेड (CIPRED) का अध्यक्ष तथा प्रतिनिधिहरू, विषयगत विज्ञ, परियोजना टोली र साझेदार संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

 



कार्यक्रममा टेन्चर फेसिलिटी एसियाका डा. गंगाराम दाहाल तथा कार्यक्रम अधिकृत डाजल लाबापिस (Dazzle Labapis) समेत सहभागी भई परियोजनाबाट हासिल भएका उपलब्धि, सिकाइ तथा नेपालमा सामुदायिक वन अधिकारलाई अझ प्रभावकारी रूपमा अघि बढाउने रणनीतिबारे आफ्नो धारणा राखेका थिए।

फेकोफनका अनुसार बैठकले साझेदार संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै सामुदायिक वन व्यवस्थापन, स्थानीय समुदायको अधिकार संरक्षण तथा दिगो वन शासनलाई प्रभावकारी बनाउने दिशामा आगामी योजनाका लागि मार्गनिर्देशन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै