महेश–अञ्जनाको जोडी फेरि पर्दामा, ‘आशा’ १ माघमा प्रदर्शन हुने – Sagarmathapana:: Online News Portal

महेश–अञ्जनाको जोडी फेरि पर्दामा, ‘आशा’ १ माघमा प्रदर्शन हुने

   २०८३ असार २६ गते  

काठमाडौं।नेपाली कथानक फिल्म ‘आशा’ निर्माण हुने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको औपचारिक घोषणा गर्दै आगामी १ माघ लाई प्रदर्शन मिति तय गरिएको हो।

उडान स्टुडियोको ब्यानरमा बन्ने फिल्मको निर्माण शर्मिला थापा ले गर्नेछिन् भने निर्देशन तथा पटकथा राजीव गुरुङ को रहनेछ।

फिल्ममा महेश त्रिपाठी र अञ्जना बराइली मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै सशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, कविता रेग्मी, केपिना सिंह र विष्णु मोक्तान को पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ।

महेश र अञ्जनाले यसअघि सफल फिल्म ‘परान’ मा जोडीका रूपमा अभिनय गरेका थिए। उक्त फिल्मको सफलतापछि उनीहरूको पुनर्मिलनलाई लिएर दर्शकमाझ ‘आशा’ प्रति विशेष चासो देखिएको छ।

घोषणा कार्यक्रममा निर्माण टोलीको सहभागिता रहेको थियो। निर्माता पक्षका अनुसार फिल्मको छायांकन छिट्टै सुरु गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै