सभामुखले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन दिए निर्देशन – Sagarmathapana:: Online News Portal

सभामुखले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन दिए निर्देशन

   २०८३ असार २४ गते  

काठमाडौं।प्रतिनिधिसभाका सभामुख डीपी अर्याल ले एमाले सांसद राजेन्द्र राई ले सदनमा दिएको अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै, “तपाईँले पाँच वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन?” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि सदनमा चर्को विवाद उत्पन्न भएको थियो।

विवाद बढेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। पुनः बैठक सुरु भएपछि सभामुख अर्यालले सांसद राईले दिएको सम्पूर्ण विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्।

यस घटनापछि संसदभित्र सभामुखको निर्णय र संसदीय मर्यादाका विषयमा विभिन्न राजनीतिक दलका सांसद तथा सर्वसाधारणबीच बहस सुरु भएको छ। केहीले सभामुखको निर्णयलाई संसदीय अनुशासन कायम गर्ने कदमका रूपमा व्याख्या गरेका छन् भने केहीले समान प्रकृतिका अन्य अभिव्यक्तिप्रति पनि समान मापदण्ड अपनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै