हङकङमा ‘LEAP East 2026’ सुरु, ३५ हजारभन्दा बढी प्रविधि विज्ञ र उद्यमीको सहभागिता – Sagarmathapana:: Online News Portal

हङकङमा ‘LEAP East 2026’ सुरु, ३५ हजारभन्दा बढी प्रविधि विज्ञ र उद्यमीको सहभागिता

   २०८३ असार २४ गते  

हङकङ।विश्वप्रसिद्ध प्रविधि सम्मेलन LEAP East 2026 को पहिलो अन्तर्राष्ट्रिय संस्करण हङकङस्थित Hong Kong Convention and Exhibition Centre मा मंगलबारदेखि सुरु भएको छ। जुलाई ८ देखि १० सम्म सञ्चालन हुने सम्मेलनमा विश्वभरबाट ३५ हजारभन्दा बढी सहभागी, ४५० प्रदर्शक तथा २०० भन्दा बढी प्रविधि क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको छ।  

एसिया–प्रशान्त क्षेत्रमा पहिलोपटक आयोजना गरिएको सम्मेलनले कृत्रिम बुद्धिमत्ता (AI), रोबोटिक्स, फिनटेक, दूरसञ्चार, स्मार्ट सिटी, स्मार्ट मोबिलिटी तथा अन्य उदीयमान प्रविधिमा केन्द्रित छलफल, प्रदर्शनी र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिएको आयोजकले जनाएको छ।  


सम्मेलनले एसिया र मध्यपूर्वबीच प्रविधि, लगानी तथा नवप्रवर्तनमा सहकार्य विस्तार गर्दै सीमापार व्यापार र नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। यसलाई विश्वव्यापी प्रविधि कम्पनी, स्टार्टअप, लगानीकर्ता तथा नीति निर्माताबीच सहकार्य बढाउने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै