असार २६ मा प्रदर्शनमा आउँदै ‘भागदौड’, दुई नयाँ पोस्टर सार्वजनिक – Sagarmathapana:: Online News Portal

असार २६ मा प्रदर्शनमा आउँदै ‘भागदौड’, दुई नयाँ पोस्टर सार्वजनिक

   २०८३ जेष्ठ २७ गते  

काठमाडौं ।नेपाली चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले मंगलबार दुई फरक शैलीका आधिकारिक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्मप्रति दर्शकमाझ उत्सुकता बढाएको निर्माण पक्षको विश्वास छ।

हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन तथा सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको कथा, विषयवस्तु तथा अन्य प्राविधिक पक्षबारे निर्माण टिमले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। यद्यपि सार्वजनिक पोस्टर र कलाकारहरूको उपस्थितिले चलचित्रप्रति दर्शकको चासो बढाएको देखिएको छ।

निर्माण पक्षका अनुसार ‘भागदौड’ असार २६ गतेदेखि देशभरका चलचित्र हलहरूमा प्रदर्शन हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै