धरानमा १५ दिने उभौली साकेला सम्पन्न, साकेला सिलि प्रतियोगितामा धरान–१९ प्रथम
निमा पोङ्स्युवा
धरान ।बैशाख पुर्णिामाबाट शुरु भएको किराँती समुदायको उभौली साकेला चाड साकेला सिलि प्रतियोगिता आयोजनासंगै जेठ २ गते सम्पन्न भएको छ ।
१५ दिनसम्म निरन्तर चलेको साकेला धरानमा सांसद हर्क साम्पाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । किरात राई यायोक्खाको आयोजना धरान १७ स्थित साकेला पार्कमा भव्य रुपमा सम्पन्न भयो ।
समापन समारोहमा सुनसरी जिल्लाका विभिन्न पालिकाबाट साकेला सिलिमा सहभागी भएका थिए । प्रतियोगितामा धरान १९ ले प्रथम स्थान प्राप्त गरेको कुरा किराया सुनसरीले जनाएको छ । त्यसैगरी धरान १८ ले दोस्रो र ९ र १० ले तेस्रो स्थान प्राप्त गरेको थियोे । बिजेता समुहले नगद ४० हजार ३० हजार र २५ हजार प्राप्त गरेका थिए ।


सांसद साम्पाङले साकेला प्रकृतिसंग सम्बन्धित भएको भन्दै आफु पनि प्रकृति प्रेमि भएको र प्रकृति संस्कृति प्रविधि पार्टी निति तथा सिद्धान्त बारेको सामन्जस्य रहेको इगित गरे । साम्पाङले विकासको नाममा सांस्कृतिक धरोहरमाथि धावा बोलेको बताए । विकासको नाममा खुवालुङमा बाँध बाँध्ने मुकुम्लुङमा केबुलकार कुदाउनु विकास नभएको बताए । सदनमा प्रधानमन्त्रीको अनुपस्थितलाई औल्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको भन्दै प्रधानमन्त्री बालेन राजावादी पो कि हो भने हामि राजा यलम्बरको सन्तान भएको बताए । सुकुम्बासीको कुरा गर्दै माथिदेखि तलसम्म भस्मे फाडने आदिवासीलाई उठिवास गराउन खोजेको आरोप लगाए । यदि यस्तो हो भने प्रतिकार गर्न आह्वान गरे ।
साम्पाङले संस्कृतिको कुरा गर्दै दुई करोडमा धरान १६ मा कालो शिसाको बहुभाषिक पाठशाला निर्माण गरेको भन्दै त्यसलाई संचालन गर्न कार्यवाहक मेयर आइन्द्र बेघालाई भने । त्यसैगरी माया धराने बेसार र माया धराने साबुनलाई पनि छिटो संचालन गर्न भने । साम्पाङले सदनमा कुरा उठान गर्न पठाएको भन्दै प्रधानमन्त्रीको राजिनामा मात्र नभै सुनसरी १ को विकास बारे प्रधानमन्त्री, खानेपानी मन्त्री, भौतिक पुर्वाधार मन्त्रीलाई पटकपटक भेटेर लिखित योजना माग गरेको कुरा मौकामा कुरा राख्नैपर्ने भन्दै राखे ।


किरात राई समुदायले उभौली साकेला प्राणी चराचर समेत गर्मियाम शुरु भएपछि फर्किने क्रमसंगै अन्नबाली सपृयोस भन्ने कामना सहित यो चाड मनाउने गरिन्छ । उधौलिमा भने अन्न भित्र्याईसकेपछिको खुशियालिमा मनाउने गरिन्छ । लिम्बु समुदायले भने उधौलिमा व्यापक रुपमा मनाउने गरिन्छ । राई समुदायले उधौली भन्दा उभौलीमा बढी प्राथमिकता र व्यापकता दिए गरिएको छ ।
समापन कार्यक्रममा पुर्व मन्त्री सुदन किराँती,कार्यवाहक मेयर आइन्द्र बेघा,पुर्व मेयर तिलक राई,डिएसपी भीषणबाबू राई लगायतका व्यक्तिहरुको उपस्थिति रहेका थिए ।













