रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद दीपक वोहरा नियुक्त – Sagarmathapana:: Online News Portal

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद दीपक वोहरा नियुक्त

   २०८३ बैशाख ६ गते  

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक वोहरालाई नियुक्त गरेको छ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले वोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएसँगै पार्टीको कार्यकारी भूमिकाबाट अलग भएपछि प्रवास विभाग प्रमुखको पद रिक्त रहेको थियो।

 

पार्टीले विदेशमा रहेका नेपालीहरूसँग समन्वय, संगठन विस्तार तथा पार्टी गतिविधि सुदृढ गर्ने उद्देश्यले वोहरालाई उक्त जिम्मेवारी दिएको जनाएको छ। रास्वपाले पछिल्लो समय प्रवास संगठनलाई अझ सक्रिय बनाउने रणनीतिअन्तर्गत नेतृत्व पुनर्गठनलाई प्राथमिकता दिएको छ।

नवनियुक्त प्रमुख वोहराले प्रवासमा रहेका नेपालीहरूको सहभागिता बढाउँदै पार्टीको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा जोड दिने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै