विश्वका प्रभावशाली नेताको सूचीमा बालेन १४औँ स्थानमा – Sagarmathapana:: Online News Portal

विश्वका प्रभावशाली नेताको सूचीमा बालेन १४औँ स्थानमा

   २०८३ बैशाख ३ गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा परेका छन्। प्रतिष्ठित म्यागजिन टाइमले सार्वजनिक गरेको उक्त सूचीअन्तर्गत प्रभावशाली नेताहरूको श्रेणीमा बालेन १४औँ स्थानमा परेका हुन्।

सूचीमा पहिलो स्थानमा पोप लियो रहेका छन् भने दोस्रो स्थानमा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउम छिन्। त्यसैगरी तेस्रो स्थानमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चौथो स्थानमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन्।

टाइमले बालेनलाई हिप–हप कलाकारबाट राजनीतिमा उदाएका नयाँ पुस्ताका नेतृत्वका रूपमा चित्रण गरेको छ। परम्परागत राजनीतिक संरचनाप्रति असन्तुष्ट युवा पुस्ताको समर्थनले उनलाई सत्तामा पुर्‍याएको उल्लेख गर्दै उनको उदयलाई “युवा विद्रोह” को रूपमा व्याख्या गरिएको छ।

पत्रिकाले बालेनको उदयले स्थानीय मात्र नभई क्षेत्रीय शक्ति संरचनामै तरंग ल्याएको उल्लेख गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै