धरहरा आम सर्वसाधारणका लागि खुला गर्ने सरकारको तयारी – Sagarmathapana:: Online News Portal

धरहरा आम सर्वसाधारणका लागि खुला गर्ने सरकारको तयारी

   २०८१ भाद्र ५ गते  

काठमाडाैं । सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पत्रकारहरुसँगको छलफलका क्रममा सो कुराको जानकारी गराए। धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने उनले बताए।

संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरू मिलेर सरकार बनेकाले नयाँ सहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने उनको भनाइ थियो। संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेको छ। जुन तपाईंहरूले अपेक्षा गर्नुभएको छ।

यो नयाँ सहररूको बारेमा के हुँदैछ? यो धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरुको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै