निफ’मा ‘सिजाङ पानोरमा’ अन्तर्गत Snow Leopard प्रदर्शन
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘सिजाङ पानोरमा’ कार्यक्रममार्फत चर्चित फिल्म Snow Leopard प्रदर्शन गरिएको छ। पेमा छेडनद्वारा निर्देशित उक्त फिल्मले सन् २०२३ को भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएपछि अन्तर्राष्ट्रिय स्तरमा राम्रो चर्चा बटुलेको थियो।
शनिबार सम्पन्न प्रदर्शनमा Home Away Home Close, Learners from the Top of the World र Sunrise Over the Plateau पनि दर्शकमाझ प्रस्तुत गरिएका थिए।
महोत्सवको कार्यक्रमअनुसार आइतबार Warrior King र Discovering Xizang 2026 प्रदर्शन गरिने आयोजकले जनाएको छ।
‘सिजाङ पानोरमा’ निफ अन्तर्गत प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शनी खण्ड हो, जसमा सिजाङ (तिब्बत क्षेत्र) को संस्कृति, जीवनशैली र कथालाई केन्द्रमा राखेर बनाइएका फिल्महरू प्रस्तुत गरिन्छन्।
निफले हरेक वर्षजस्तै यसपटक पनि विविध अन्तर्राष्ट्रिय फिल्ममार्फत दर्शकलाई फरक–फरक संस्कृति र कथासँग जोड्ने प्रयास गरेको छ।












