श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सांसदको नाम टुंग्यायो – Sagarmathapana:: Online News Portal

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सांसदको नाम टुंग्यायो

   २०८२ फाल्गुन ३० गते  

धरान।श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ चार जना सांसदको नाम टुंग्याएको छ। प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतका आधारमा पार्टीले चार जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टी स्रोतका अनुसार समानुपातिकतर्फ विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व हुने गरी उम्मेदवार चयन गरिएको छ। सिफारिस गरिएका नामहरूमा आदिवासी महिला, खस आर्य महिला, दलित तथा आदिवासी जनजाति समूहबाट प्रतिनिधित्व गरिएको जनाइएको छ।

पार्टीले समानुपातिक सांसदका रूपमा मन्दिरा मोक्तान (आदिवासी महिला), अम्बिका संग्रौला (खस आर्य महिला), राधिका रम्तेल (दलित) र पूर्ण लिम्बू (आदिवासी जनजाति) लाई सिफारिस गरेको छ।

उक्त नामावली आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन आयोगमा बुझाइने पार्टीले जनाएको छ। पार्टीले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न समुदायबाट प्रतिनिधित्व गराएको बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै