हयात प्लेस बुटवलमा ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ कार्यक्रम, डिजे सुबुही जोशीको प्रस्तुति रहने
बुटवल।हयात प्लेस बुटवलले सन् २०२६ को नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ आयोजना गर्ने भएको छ। खुला आकाशमुनि ‘पुलसाइड’ मा आयोजना हुने यो कार्यक्रमलाई भव्य, मनोरञ्जनपूर्ण र अविस्मरणीय बनाउन होटल व्यवस्थापन जुटेको छ।
कार्यक्रममा सहभागीहरूले अनलिमिटेड बेभरेज, भरपूर मनोरञ्जन तथा मध्यरातको काउन्टडाउन सेलिब्रेसनको अनुभव लिन सक्नेछन्। नयाँ वर्षको उत्सवलाई अझ आकर्षक बनाउन चर्चित सेलिब्रेटी डिजे सुबुही जोशी, स्थानीय ब्यान्डको लाइभ प्रस्तुति, डिजेको जोसपूर्ण संगीत, बेली डान्स र आइटम डान्स जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन्। साथै, लाइभ बार्बिक्यु (बदेल) ले माहोललाई थप रोमाञ्चक बनाउनेछ।

हयात प्लेस बुटवलले कार्यक्रमका लागि दुईवटा प्याकेज सार्वजनिक गरेको छ।
कपल पार्टी प्याकेज अन्तर्गत दुई जनाका लागि प्रवेश, अनलिमिटेड बेभरेज, लाइभ मनोरञ्जन र पुलसाइड काउन्टडाउन सहित ने.रु. १६,९९९ निर्धारण गरिएको छ।
त्यसैगरी स्टे एण्ड पार्टी प्याकेज मा दुई जनाका लागि एक रातको बसाइ, पार्टी प्रवेश, अनलिमिटेड बेभरेज र बिहानको ब्रेकफास्टसहित ने.रु. २४,९९९ शुल्क तोकिएको छ।

यसैबीच, २८ डिसेम्बर २०२५ सम्म मान्य अर्ली बर्ड अफर अन्तर्गत कपल पार्टी प्याकेज ने.रु. १२,९९९ र स्टे एण्ड पार्टी प्याकेज ने.रु. १९,९९९ मा उपलब्ध हुनेछ। सीमित टेबलहरू मात्र उपलब्ध रहेको होटलले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै हयात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नागरले खुला र ऊर्जावान वातावरणमा पाहुनाहरूलाई कहिल्यै नबिर्सिने नयाँ वर्षको अनुभव दिनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। “डाँडाकाँडाको सुन्दर दृश्य, लाइभ म्युजिक र तारामुनि मनाइने पुलसाइड सेलिब्रेसनले नयाँ वर्षको सुरुवात जोस र स्टाइलका साथ गराउनेछ,” उनले भने।
कार्यक्रमको रिजर्भेसनका लागि ९७०–५४६३०२८ वा ९७०–५४६३०२७ मा सम्पर्क गर्न सकिनेछ। थप जानकारीका लागि hyattplacebutwal.com वेबसाइटमा हेर्न सकिने होटलले जनाएको छ।













