नेपालगन्जमा डोङफेङ र दीपाल ईभी शोरुमको औपचारिक उद्घाटन – Sagarmathapana:: Online News Portal

नेपालगन्जमा डोङफेङ र दीपाल ईभी शोरुमको औपचारिक उद्घाटन

   २०८२ मंसिर २९ गते  

नेपालगन्ज-नेपालका लागि दीपाल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दीपाल ब्रान्डको नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ। यससँगै कम्पनीले पश्चिम नेपालमा आफ्नो विद्युतीय सवारी (ईभी) नेटवर्कलाई थप मजबुत बनाएको छ।

उक्त शोरुमको उद्घाटन नाडा एशोसिएशन बाँकेका अध्यक्ष नरेन्द्र प्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्द तथा पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा अटोमोबाइल तथा व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, स्थानीय अधिकारी, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपालगन्जको प्रमुख स्थानमा अवस्थित नयाँ शोरुम ग्राहकको सुविधा र अनुभवलाई केन्द्रमा राखी डिजाइन गरिएको छ। यहाँ ग्राहकहरूले डोङफेङ र दीपालका नवीनतम विद्युतीय सवारी साधनहरू नजिकबाट अवलोकन गर्नुका साथै प्राविधिक जानकारी र परामर्श प्राप्त गर्न सक्नेछन्।

शोरुम उद्घाटनको एक दिनअघि नेपालगन्जमा नामी भिगो र दीपाल एस–०५ सार्वजनिक गरिएको थियो। यी नयाँ मोडेल सार्वजनिक भएसँगै नेपालमा विद्युतीय सवारी साधनको विकल्प थप विस्तार भएको एमएडब्लु वृद्धिले जनाएको छ।

टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प सञ्चालन

शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगन्जस्थित पानास अटोमोटिभमा विशेष ‘टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ। क्याम्पअन्तर्गत ग्राहकहरूले डोङफेङ र दीपालका इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

यस अवसरमा आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कनसहित बोनस, नि:शुल्क चार्जर (७ किलोवाट + ३.५ किलोवाट), नि:शुल्क बीमा तथा हरेक टेस्ट ड्राइभमा उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

एमएडब्लु वृद्धिले आगामी दिनमा देशभर ईभी पूर्वाधार विस्तार गर्दै वातावरणमैत्री सवारी साधनको प्रयोग प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै