सञ्चार मन्त्रीद्वारा ललितपुर–१२ का ऐतिहासिक तथा धार्मिक क्षेत्रहरूको अवलोकन – Sagarmathapana:: Online News Portal

सञ्चार मन्त्रीद्वारा ललितपुर–१२ का ऐतिहासिक तथा धार्मिक क्षेत्रहरूको अवलोकन

   २०८२ मंसिर २८ गते  

ललितपुर-संघ तथा स्थानीय तहबीचको सहकार्य, समन्वय र पारस्परिक सहयोगलाई थप प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ललितपुर महानगरपालिका–वडा नं. १२ का ऐतिहासिक तथा धार्मिक क्षेत्रहरूको निरीक्षण गरेको छ। मन्त्रीले आज गरिएको अवलोकनका क्रममा यस क्षेत्रको धार्मिक, सांस्कृतिक, कलात्मक तथा पर्यटन सम्भावनाबारे प्रत्यक्ष जानकारी लिनुभएको हो।

अवलोकनका क्रममा मन्त्रीले स्थानीय प्रतिनिधिहरू, सुरक्षा निकायका टोली तथा समुदायका सरोकारवालासँग भेटघाट गर्दै वडाभित्र रहेका प्राचीन मन्दिर, कलात्मक संरचना, ऐतिहासिक मूर्तिहरू तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण अवस्था बारे जानकारी लिनुभयो। स्थानीयहरूले Heritage क्षेत्रले भोग्दै आएका चुनौती, संरक्षणमा आवश्यक समर्थन तथा पर्यटन प्रवर्द्धनका अवसरबारे मन्त्रीलाई अवगत गराए।

मन्त्रीले संघीय सरकार स्थानीय तहसँग सहकार्य गर्दै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र दिगो पर्यटन विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै