सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा मंसिर १२–१३ मा गल्फ टुर्नामेन्ट” विजेतालाई TATA Nexon K3 EV” – Sagarmathapana:: Online News Portal

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा मंसिर १२–१३ मा गल्फ टुर्नामेन्ट” विजेतालाई TATA Nexon K3 EV”

   २०८२ मंसिर १२ गते  

काठमाडौं।सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले आगामी मंसिर १२ र १३ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरस्थित रोयल नेपाल गल्फ क्लबमा “सलिको गल्फ टुर्नामेन्ट २०२५” आयोजना गर्ने भएको छ।कम्पनीले हरेक वर्षझैं यस वर्ष पनि भव्य तयारीसहित प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ।

टुर्नामेन्टमा १७ विधाका प्रतिस्पर्धा हुनेछन्,जहाँ विभिन्न उमेरसमूहका महिला तथा पुरुष खेलाडीहरू सहभागी हुनेछन्।खेलको मुख्य उद्देश्य नेपालमा अपेक्षित रुपमा विकास हुन नसकेको गल्फ खेलको प्रवर्द्धन गर्नुका साथै यस खेलप्रति चासो राख्ने नयाँ खेलप्रेमीलाई अवसर दिनु रहेको आयोजकको भनाइ छ।

यस वर्षको Hole-in-One विधाका विजेताले Sipradi Trading Pvt. Ltd. को तर्फबाट TATA Nexon K3 EV पुरस्कार पाउनेछन्। अन्य विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई सिम्रिक एयरबाट २ जनालाई स्काइडाइभिङ, कैलाश हेलिकप्टरबाट १ जनालाई गोसाइँकुण्ड हेलिकप्टर यात्रा सहित आकर्षक उपहारहरू वितरण गरिनेछ।

बीमा सचेतनालाई प्रवर्द्धन गर्दै आएको सलिकोले यस अवसरमा निर्जीवन बीमाको महत्त्व समेत झल्काएको छ। कम्पनीका अनुसार हाल जोखिम व्यवस्थापनप्रति नागरिकको चासो बढ्दै गएकाले खेलकुदजस्ता आमसञ्चार माध्यमबाट पनि प्रभावकारी रूपमा बीमा जागरुकता फैलाउन सकिन्छ।

“बीमा: सुरक्षित भविष्यको आधार” नाराका साथ सलिकोले वर्षौँदेखि खेल, समुदाय तथा सामाजिक सुरक्षामा योगदान गर्दै आएको छ। कम्पनीले यो गल्फ टुर्नामेन्टमार्फत बीमा सचेतना, सामुदायिक सहकार्य र खेलमैत्री वातावरण निर्माणमा निरन्तर भूमिका खेलिरहेकाले यस वर्षको संस्करणप्रति खेलकुद क्षेत्रले उत्साह देखाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै