Merapeak र Himlung Himal सफल आरोहण गर्ने विद्यार्थीको सम्मान कार्यक्रम नेपाल माउण्टेन एकेडेमीमा सम्पन्न
काठमाडौं।Nepal Mountain Academy ले Merapeak (६,४७६ मिटर) र Himlung Himal (७,१२६ मिटर) सफलतापूर्वक आरोहण गर्ने विद्यार्थी र आरोहण टोलीलाई विशेष समारोह मार्फत सम्मान गरेको छ।एकेडेमीले आयोजना गरेको यस सम्मान कार्यक्रमलाई “A high example of academic research, mountain practice and dedication शैक्षिक अनुसन्धान, पर्वत अभ्यास र समर्पणको उच्च उदाहरण” का रूपमा प्रस्तुत गरिएको थियो।


कार्यक्रममा बोल्दै नेपाल माउण्टेन एकेडेमीका कार्यकारी प्रमुख अनिल किराँतीले वर्षका उपलब्धि, चुनौती र प्रगतिसम्बन्धी उल्लेख गर्दै मेरापिक र हिमलुङ हिमाल आरोहणलाई एकेडेमीको महत्वपूर्ण माइलस्टोन भएको बताउनुभयो। उहाँले एकेडेमीका पूर्व अध्यक्ष, पूर्व प्रमुख, प्राविधिक स्टाफ, विद्यार्थीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा साथ दिने सम्पूर्ण महानुभावप्रति आभार प्रकट गर्नुभयो।



Himlung Himal Research Expedition (7,126m) – Expedition Team
अनुसन्धानमूलक आरोहण टोलीमा निम्न सदस्यहरूको सक्रिय सहभागिता थियो:
- शिव प्रसाद जैशी – क्याम्पस प्रमुख तथा फिल्ड सुपरभाइजर
- डिकेन महर्जन – स्टोर हेड एवं म्यानेजर
- गेल्जे शेर्पा – NNMGA/IFMGA प्रमाणित माउण्टेन गाइड एवं प्रमुख प्रशिक्षक
- सुजन गुरुङ – NNMGA/IFMGA प्रमाणित गाइड एवं प्रशिक्षक
- दोर्ची वाङ्दाक भोटे – बेसक्याम्प म्यानेजर
- सुसन ढुंगेल – सिरदार
- ज्याम्जो लामा – क्लाइम्बिङ गाइड
- जम्मिङ भोटे – क्लाइम्बिङ गाइड
- छेडार भोटे – क्लाइम्बिङ गाइड
- आङ सोनाम भेच्याबा भोटे – क्लाइम्बिङ गाइड
- सोनाम शेर्पा – क्लाइम्बिङ गाइड
- गोकरण तामाङ – बेस क्याम्प हेड कुक
- लकु मान तामाङ – कुक
- दावा ग्याल्जे तामाङ – बेकरी सेफ
- सुकाराम तामाङ – सहयोगी
- दावा सङ्गे शेर्पा – सहयोगी
- आङनिमा शेर्पा – सहयोगी
- फुडोर्ची शेर्पा – सहयोगी
- पासाङ दुक्पा शेर्पा – सहयोगी
- मदन भट्टराई – इलेक्ट्रिकल टेक्निसियन
- पेम्बा तामाङ – सहयोगी
- रबिन गुरागाईं – आरोहण फोटोग्राफर/भिडियोग्राफर
BMS Cohort 2021–2025 – सहभागी विद्यार्थी
- अरुण कटुवाल
- विश्वस गुरुङ
- गीता बस्नेत
- कौशल कुमार शाह
- खुन्दु शेर्पा
- मनोज भैला
- रेगन खरेल
- रिजान श्रेष्ठ (नेता)
- समिश भट्टराई
- शश्वोत केसी
- सुरज खैजु
- उत्सव नरसिंह राणा
कार्यक्रममा उपस्थित वक्ताहरूले यो आरोहणले विद्यार्थीको व्यावहारिक सीप, पर्वतारोहण क्षमता तथा अनुसन्धानयोग्य अनुभवलाई अझ बलियो बनाएको मूल्यांकन गरे।विद्यार्थीहरूले प्रशिक्षक, गाइड तथा प्राविधिक দলের साथमा पर्वतारोहण गरेको यो यात्रा एकेडेमी तथा नेपाल पर्वत पर्यटन क्षेत्रकै लागि महत्वपूर्ण उपलब्धि भएको बताइएको छ।















