यूएईमा सम्पन्न National Tolerance कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ यूएईको भव्य सांस्कृतिक प्रस्तुति
UAE-Ministry of Tolerance & Coexistence of The UAE को आयोजनामा सम्पन्न National Tolerance कार्यक्रम यस वर्ष नेपाली समुदायका लागि विशेष बन्यो।नेपाल राजदूतावास अबुधाबीको विशेष आग्रहमा नेपाल आदिवासी जनजाति महासंघ यूएई ले पहिलो पटक आफ्नो कला,संस्कृति र पहिचान प्रस्तुत गर्ने अवसर पायो।
कम तयारी समय हुँदाहुँदै पनि महासंघले विभिन्न जातजातिको पहिरन, नृत्य तथा झाँकीमार्फत नेपालका आदिवासी जनजातिहरूको सांस्कृतिक विविधता आकर्षक तरिकाले प्रदर्शन गर्यो। प्रस्तुतीले दर्शकलाई मनोरञ्जन मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सांस्कृतिक समृद्धि चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्यो।


कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै सदस्य, कलाकार तथा स्वयंसेवकप्रति महासंघले आभार व्यक्त गरेको छ। नेपाल आदिवासी जनजाति महासंघ यूएईका प्रतिनिधिहरूका अनुसार, “यो उपलब्धि सबैको कठोर परिश्रम, समय र निरन्तर सहयोगको परिणाम हो। हामी यो अवसर प्रदान गरेकोमा नेपाल राजदूतावास अबुधाबीप्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं।”
महासंघले आगामी दिनहरूमा पनि यस्तै साथ, समर्थन र उत्साह जारी रहने विश्वास व्यक्त गरेको छ।














