नेफिन युएईद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

नेफिन युएईद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

   २०८२ भाद्र ५ गते  

भाषा मरे लिपि मर्छ, लिपि मरे अस्तित्व मर्छ, अस्तित्व मरे पहिचान मर्छ। त्यसैले आफ्नो पहिचान र अस्तित्वको लागि सधैं आवाज उठाऔँ।

अबुधाबी-आदिवासी जनजाति महासंघ युएईको आयोजनामा World Newa Convention सन्दर्भमा, बरदुबाईस्थित गाउबेसी रेस्टुरेन्टमा विशेष स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्ष नेफिन युएईका अध्यक्ष श्री भागरथी कुमार भगत हुनु भएको थियो भने प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री तथा लेखक श्री राजेन्द्र प्रसाद श्रेष्ठ उपस्थित हुनु भएको थियो।

कार्यक्रममा विशेष अतिथिहरूको रूपमा नेवा देय दबुका अध्यक्ष श्री पवित्र बज्राचार्य, आदिवासी युबा महिला संघकी अध्यक्ष श्री रिसा श्रेष्ठ, नेफिन युएई संरक्षक श्री प्रमोद श्रेष्ठ, श्री टंक थापा मगर, फोनिज युएईका अध्यक्ष श्री फलेन्द्र बलम्पाकी मगर, प्रबासी भुजेल समाज सेवा समिति युएईका अध्यक्ष श्री तुल घर्ती भुजेल, थारु कल्याणकारी सभा युएईका कार्यवाहक अध्यक्ष श्री रमनन्द चौधरी, र सुनुवार सेवा समाज शाखा युएईका अध्यक्ष श्री नर बहादुर सुनुवार उपस्थित हुनु भएको थियो।

कार्यक्रम नेफिन युएईकी महासचिब श्री मनिषा खाम्दाक इंगाषाले सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष श्री डिके किरातीले स्वागत मन्तव्य राख्नु भएको थियो।

श्री राजेन्द्र श्रेष्ठले नेपालको हालको राजनीतिक अवस्था, संघीयता, बृद्धि हुँदै गरेको चुनौती र आदिवासीहरूको भुमिकाबारे प्रकाश पार्दै, गणतन्त्र नेपाल र लोकतन्त्रको सशक्त कार्यान्वयनमा आदिवासीहरूको योगदानको चर्चा गर्नु भएको थियो।

नेवा देय दबुका अध्यक्ष श्री पवित्र बज्राचार्यले आदिवासीहरूको पहिचान, हक अधिकार र सामाजिक योगदानलाई अघि बढाउन सल्लाह दिनु भएको थियो।

आदिवासी युबा महिला संघकी अध्यक्ष श्री रिसा श्रेष्ठले महिला अधिकार र समुदायको उत्थानमा महिलाहरूको सक्रिय भूमिका, चुनौती र आगामी योजनाबारे सुझाव दिनु भएको थियो।

सभाध्यक्ष श्री भागरथी कुमार भगतले धन्यवाद ज्ञापन गर्दै, नेफिन युएईले नेपालबाट आउने प्रतिनिधिहरूका लागि उत्पन्न समस्या समाधानमा प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।

नेफिन युएईले छोटो समयमा उपस्थित भएर कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याएका सम्पूर्ण सदस्य, जातीय संस्था प्रमुख र संरक्षकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै