काठमाडौंमा पहिलो पटक फ्लाइङ ट्याक्सी सार्वजनिक – Sagarmathapana:: Online News Portal

काठमाडौंमा पहिलो पटक फ्लाइङ ट्याक्सी सार्वजनिक

   २०८२ भाद्र ३ गते  

काठमाडौं।राजधानीको भृकुटिमण्डपमा सुरु भएको १७औं संस्करणको नाडा अटो शो २०२५ मा नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सी सार्वजनिक गरिएको छ। मंगलबार कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सी अनावरण गर्नुभएको हो।

यस वर्षको अटो शोको मुख्य आकर्षणको रुपमा प्रस्तुत गरिएको फ्लाइङ ट्याक्सी हेर्न ठूलो संख्यामा अवलोकनकर्ताहरू उपस्थित भएका थिए। भविष्यको यातायातको रुपमा मानिएको ‘इभीटोल फ्लाइङ कार’ र अत्याधुनिक युनिट्री रोबोट्स पहिलो पटक नेपाल भित्रिएका हुन्।

हाल नेपालमा फ्लाइङ ट्याक्सी सञ्चालनका लागि आवश्यक कानुनी तथा प्राविधिक मापदण्ड नबनिसकेकाले नाडाले यसलाई केवल प्रदर्शनीका लागि मात्र राखिएको जनाएको छ। संस्था अनुसार भविष्यमा सम्बन्धित निकायले आवश्यक नीति तथा मापदण्ड तयार गरेपछि मात्रै यो प्रविधि नेपालमा व्यावसायिक रुपमा सञ्चालन गर्न सकिनेछ।

चीनको अग्रणी प्रविधि कम्पनी XPENG AEROHT द्वारा विकास गरिएको यो फ्लाइङ कारको अन्तर्राष्ट्रिय मूल्य करिब १० लाख चिनियाँ युआन (झण्डै १ लाख ३७ हजार अमेरिकी डलर) रहेको छ। नेपाली बजार मूल्यमा यो करिब १ करोड ८० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै