पशुपति मन्दिर वरिपरि सफाइ अभियान,प्रहरी प्रमुख आफैं अग्रपंक्तिमा
काठमाडौं।पशुपतिनाथ मन्दिर वरिपरि सफाइ अभियान संचालन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी प्रमुख SSP विश्वराज अधिकारी स्वयं मैदानमा खटिएर सफाइ कार्यलाई नेतृत्व दिएका छन्।

कृष्णजन्म अष्टमीको अवसरमा आयोजित उक्त अभियानमा सिटी प्रहरी, मैनादेवी फाउन्डेशन, Creasion Nepal का स्वयंसेवक तथा स्थानीय समुदाय सक्रिय सहभागिता जनाएका थिए।
यस अभियानलाई समाजसेवी केपी खनालले निरन्तरता दिँदै आएका छन्। उनले पशुपति क्षेत्रलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउन यस्तो पहल निरन्तर हुने बताएका छन्।
प्रहरी प्रमुख SSP अधिकारीले भने, “काठमाडौंलाई सुरक्षित, शान्त र सफा राख्न प्रहरी निरन्तर खटिएको छ, यसमा समुदायको सहकार्य नै प्रमुख शक्ति हो।”












